जनैपूर्णिमाका अवसरमा सोमवार(आज) गण्डकी प्रदेशमा सार्वजनिक बिदा।

sarbajanik bida


स्याङ्जा :
गण्डकी प्रदेश सरकार जनैपूर्णिमाका अवसरमा सोमवार (आज) सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष मनाईने हिन्दुधर्मालम्वी नेपालीहरुको विशेष चाड जनैपूर्णिमा अर्थात् रक्षबन्धनका अवसरमा प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदाको घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमा सहित ईद,तमुल्होसार,माघे संक्रान्ती र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने जनाएको थियो ।
जनैपूर्णिमाका दिन विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन छ । यो दिन ब्राह्मणहरुले पनि आफ्ना जजमानकहाँ गएर रक्षा बन्धन बाँधिदिने चलन पनि छ । खासगरी व्रतबन्ध गरेका ब्राह्मण तथा क्षत्रियहरूले जनै फेर्ने दिन पनि यही हो । जनै फेर्ने दिन भएर नै यस पर्वलाई जनैपूर्णिमा भनिएको हो । यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।

.

Facebook Comments Box
TOP