गल्याङ नगरपालिकाद्धारा पहिरो पीडितलाई खाद्यान्न सहयोग
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १० अधमारामा पहिरोबाट प्रभावित बनेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
पहिरो पीडित सात घर परिवारलाई प्रति परिवार तीन तीन बोराका दरले चामल वितरण गरिएको छ ।
यस्तै, दाल तथा तेल पनि सबै परिवारलाई वितरण गरिएको नगरप्रमुखका स्वकीय सचिव दिपक अधिकारीले जानकारी दिनुभयो ।
पहिरो पीडितलाई राहत वितरण गर्नका लागि नगरप्रमुख भुपराज अधिकारी खाद्यान्न सामाग्री सहित पीडित परिवारसामु पुग्नुभएको थियो । राहत सामाग्री वितरण गर्दै नगरप्रमुख अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले प्राकृतिक विपत्तिका कारण नगरपालिका भित्र धेरै क्षति भैरहेको भन्दै सबै नगरवासीको रक्षा गर्न नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो – “सबै नगरवासीको अभिभावकत्व कायम गर्न नगरपालिका तयार छ । तपाईहरु ढुक्क हुनुस् ।”
केही दिन अघि लगातारको वर्षातका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरिएको हो ।
यसअघि वडा नम्बर १० गाउँसौरामा पहिरोकै कारण निधन भएकी यामकुमारी सारुको परिवारलाई एक लाख सहित खाद्यान्न सहयोग गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


