गल्याङ नगरपालिकाद्धारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

adhamara


गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १० अधमारामा पहिरोबाट प्रभावित बनेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
पहिरो पीडित सात घर परिवारलाई प्रति परिवार तीन तीन बोराका दरले चामल वितरण गरिएको छ ।
यस्तै, दाल तथा तेल पनि सबै परिवारलाई वितरण गरिएको नगरप्रमुखका स्वकीय सचिव दिपक अधिकारीले जानकारी दिनुभयो ।
पहिरो पीडितलाई राहत वितरण गर्नका लागि नगरप्रमुख भुपराज अधिकारी खाद्यान्न सामाग्री सहित पीडित परिवारसामु पुग्नुभएको थियो । राहत सामाग्री वितरण गर्दै नगरप्रमुख अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले प्राकृतिक विपत्तिका कारण नगरपालिका भित्र धेरै क्षति भैरहेको भन्दै सबै नगरवासीको रक्षा गर्न नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो – “सबै नगरवासीको अभिभावकत्व कायम गर्न नगरपालिका तयार छ । तपाईहरु ढुक्क हुनुस् ।”
केही दिन अघि लगातारको वर्षातका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरिएको हो ।
यसअघि वडा नम्बर १० गाउँसौरामा पहिरोकै कारण निधन भएकी यामकुमारी सारुको परिवारलाई एक लाख सहित खाद्यान्न सहयोग गरिएको थियो ।

Facebook Comments Box
TOP