गल्याङमा फेरी समुदाय स्तरमा देखियाे कोरोना,दुई महिना पछि नगर अस्पताल सुचारू ।

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा एक जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ मुडकिल्लाकी ४५ वर्षकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो ।
ति महिलाका आफन्त विरामी भई उपचारका लागि काठमाडौंमा लगिएकोमा काठमाडौंमा नै आफन्तलाई कोरोना लागेको पुष्टी भएपछि गल्याङमा ती महिलाको परिक्षण गरिएको थियो ।
कन्ट्रयाक ट्रेसिङ अन्तर्गत उक्त ठाउँका छ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा ती महिलालाई मात्रै कोरोना संक्रमण देखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विपिन कोइरालाले जानकारी दिनुभयो ।
यस्तै गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको पनि स्वाब परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यसैवीच, कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गल्याङ नगर अस्पताल सोमबार देखि सञ्चालनमा आएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा उपचार गरिएकोमा अब अस्पतालका सेवाहरु पनि संचालन गरिएको गल्याङ नगर अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालमा आकस्मिक तथा बहिरङ्ग सहितका सबै सेवा सञ्चालन भएको उहाँले बताउनुभयो ।
अस्पतालमा आइसोलेसनको व्यवस्था भएपनि फरक ठाउँमा भएकाले अन्य विरामीले डर मान्नुपर्ने अवस्था नरहेको प्रमुख न्यौपानेले स्पष्ट पार्नुभयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…