गल्याङमा फेरी समुदाय स्तरमा देखियाे कोरोना,दुई महिना पछि नगर अस्पताल सुचारू ।
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा एक जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ मुडकिल्लाकी ४५ वर्षकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो ।
ति महिलाका आफन्त विरामी भई उपचारका लागि काठमाडौंमा लगिएकोमा काठमाडौंमा नै आफन्तलाई कोरोना लागेको पुष्टी भएपछि गल्याङमा ती महिलाको परिक्षण गरिएको थियो ।
कन्ट्रयाक ट्रेसिङ अन्तर्गत उक्त ठाउँका छ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा ती महिलालाई मात्रै कोरोना संक्रमण देखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विपिन कोइरालाले जानकारी दिनुभयो ।
यस्तै गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाहरुको पनि स्वाब परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यसैवीच, कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गल्याङ नगर अस्पताल सोमबार देखि सञ्चालनमा आएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा उपचार गरिएकोमा अब अस्पतालका सेवाहरु पनि संचालन गरिएको गल्याङ नगर अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालमा आकस्मिक तथा बहिरङ्ग सहितका सबै सेवा सञ्चालन भएको उहाँले बताउनुभयो ।
अस्पतालमा आइसोलेसनको व्यवस्था भएपनि फरक ठाउँमा भएकाले अन्य विरामीले डर मान्नुपर्ने अवस्था नरहेको प्रमुख न्यौपानेले स्पष्ट पार्नुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


