बजारवासीलाई कोरोना जोखिमबारे सचेत गराउँदै गल्याङमा नगरपालिकाको अनुगमन।

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको जोखिमबारे स्थानीयवासीलाई सचेत गराउँदै बजार अनुगमन गरिएको छ । नगरपालिकाको मुख्य बजार रहेको गल्याङ बजारमा गल्याङ नगरपालिकाले सचेत गराउँदै बजार अनुगमन गरेको हो ।
नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्नका लागि सचेत गराइएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा भएको अनुगमनमा प्रहरी, गल्याङ उद्योग वाणिज्य संघ तथा गल्याङ चेम्बर अफ कमर्सका पदाधीकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा तोकिएको समयमा मात्र अत्यावश्यक पसल तथा व्यवसाय मात्रै सञ्चालन गर्न, कपडा तथा भाँडा पसलहरु सञ्चालन नगर्न अनुरोध गरिएको थियो ।
दुध, तरकारी र फलफुल पसल विहान सात बजे देखि नौ बजेसम्म मात्रै, खाद्यान्न पसलहरु मध्यान्ह १२ बजे देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरिएको हो ।
यस्तै, अन्य पसल व्यवसाय सञ्चालन नगरी कोरोना भाइरस विरुद्वको लडाईमा सहकार्य गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यसैवीच, अनुगमनका क्रममा मास्क नलगाई हिड्नेहरुलाई कारवाही स्वरुप मास्क वितरण गरिएको छ । पहिलो चरणमा कारवाही स्वरुप मास्क वितरण मात्रै गरिएको हो ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले उनीहरुलाई मास्क वितरण गरिएको र पसलहरुलाई पनि सचेत मात्रै गराइएको बताउनुभयो ।
स्थानीय वासीहरुको सुरक्षाको लागि आफुहरु नै सचेत हुनुपर्ने भन्दै उहाँले अरुले भनेर भन्दा पनि आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताउनुभयो ।
यस्तै, बैंकहरुलाई पनि अत्यावश्यक काम बाहेकका अन्य कामहरु नगर्न अनुरोध गरिएको छ । सहकारीहरु पूर्ण रुपमा बन्द गर्न र अत्यावश्यक काम बाहेक बैंक पनि बन्द गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…