गल्याङ-१० गाउँसौरामा पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई नगरपालिकाको एक लाख सहयोग

गल्याङ : लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले निधन भएका एक परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १० गाउँसौरामा पहिरोमा परेर मृत्यु भएका मायाकुमारी सारुको परिवारलाई गल्याङ नगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
१२ औं दिनको पुण्य तिथिमा आइतबार गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले पीडित परिवार सामु पुगेर यो रकम हस्तान्तरण गर्नुभयो ।
मृतकका श्रीमान तथा छोरीलाई रकम हस्तान्तरण गर्दै नगरप्रमुख अधिकारीले नगरपालिका सधैं नगरवासीको साथमा रहेको बताउनुभयो ।
उहाँले प्रकृतिले विपदको अवस्था सिर्जना गरेको भन्दै यसलाई रोक्न नसकिएपनि पिडालाई कम गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले आगामी दिनमा पीडित परिवारको घर बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्वता पनि जनाउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गल्याङ नगर कमिटिका अध्यक्ष नारायणप्रसाद अधिकारी समिरले पीडित परिवारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेकपा गल्याङ नगर कमिटि सधैं पिडितको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका लेखा शाखा प्रमुख भोजराज बगाले, पशु शाखा प्रमुख शुुुुुुशिल अर्याल, नगरप्रमुखका स्वकीय सचिव दिपक अधिकारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि सचिव दानबहादुर राना, कार्यालय सचिव छविलाल भुषाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजालीले गर्नुभएको थियो ।
यसैवीच, पीडित परिवारलाई मिलन लाङ्घाली समाज पकवादीले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । यस्तै, सगरमाथा लाखुडाँडा युवा क्लबले पाँच हजार पाँच तथा शिक्षक सुर्यप्रसाद शर्माले पाँच हजार तथा धर्म बहादुर थापाले तीन हजार सहयोग गर्नुभएको छ ।
उक्त घर माथिबाट आएको पहिरोका कारण क्षत विक्षत अवस्थामा छ । साउन सात गते भएको घटनामा आमा मायाकुमारी सारुको घरभित्रै पहिरोमा पुरिएर निधन भएको थियो भने घरमै रहेकी कान्छी छोरी नारायणी सारुको अहिले पनि उपचार भैरहेको छ ।
गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपका कारण निधन भएका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…