वालिङमा दुई कोरोना सक्रमित थपिए

कला राना :
सोमबार वालिङमा दुईजना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएका क्वारेन्टाईनमा बसेका दुईजनालाई कोरोना पुष्टी भएको हो । वालिङ नगरपालिकाका वडा नं २ का ९ वर्षीय बालिका र वडा नं १४ का २७ वर्षीय पुरुष गरी २ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । वालिङका दुई थपिएसंगै जिल्लामा कोरोना सक्रमतिको संख्या ३०३ पुगेको छ । ति संक्रमित मध्ये २७२ जना भने कोरोना मुक्त भईसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २९ रहेको जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । सबैभन्दा बढी कालिका सामुदायिक अस्पताल हेलूमा १५ जना, करेण्डाँडा स्वास्थ्य चौकीमा ८ जना, वालिङमा २ जना, गल्याङमा ३ जना र फेँदिखोलामा १ जना गरी सक्रिय संक्रमतिको संख्या २९ रहेको हो । यहाँका दुई सक्रमितको निधन भईसकेको छ । आईतबार मात्रै १० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पताल हेलूबाट ८ जना र करेण्डांडाबाट दुई जना गरी १० जना आईतबार मात्रै डिस्चार्ज भएका हुन् ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…