वालिङका प्रहरीमा पनि देखियो कोरोना, स्याङजामा प्रहरी सहित थप ५ जना संक्रिमत

 १७ श्रावण २०७७, शनिबार १९:१४   | आँधीखोला समाचार डेस्क

वालिङका प्रहरीमा पनि देखियो कोरोना, स्याङजामा प्रहरी सहित थप ५ जना संक्रिमत


स्याङजा :
स्याङजाको वालिङका प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । उनको रुघा तथा ज्वरो आएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । संक्रमित प्रहरी अधिकृत स्तरका भएको बताईएको छ ।
यो सँगै जिल्लामा संक्रमित प्रहरीको संख्या ४० पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङजाका एस्पी सहित ३८ जना र गल्याङका एक जनामा संक्रमण पुष्टी भईसकेको छ ।
शनिवार थपिएका अन्य चार जना भने क्वारेन्टिनमा बसेकाहरु रहेका स्वास्थ्य प्रमुख शर्माले जानकारी दिनुभयो ।
वालिङका प्रहरी अधिकृतलाई कोरोना संक्रमण देखिएपछि तत्कालै कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिने स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामीले तत्कालिन कन्ट्रयाक ट्रेसिङका गर्न शुरु गर्छौ ।
उहाँले जिल्लामा १० दिने लकडाउन जारी रहेको भन्दै नागरिक स्तरबाट त्यस्को राम्रो पालना भएको जानकारी दिनुभयो ।
यो संगै स्याङजामा संक्रमितको संख्या २ सय ६५ पुगेको छ । ती मध्ये १ सय ९२ जना निको भएर घर फर्केका छन् भने २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
अझै पनि स्याङजाका बिभिन्न क्वारेन्टिनमागरी १ सय १८ जना छन भने बिभिन्न पालिकामा गरी ७१ जना आइशोलेशनमा उपचाररत छन ।
भीरकोट स्थित कालिका सामुदायिक अस्पतालमा ४७ जना, गल्याङ नगर अस्पतालमा ८ जना, वालिङ स्थित कुँवर समाज भवनमा ६ जना, पुतलीबजारको करेन्डाडा स्वास्थ्य चौकीमा ६ जना, भाटखोला स्वास्थ्य चौकीमा ३ र चापाकोटमा १ जना आइशोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्याङ्जा:प्रहरी र एम्वुलेन्स चालकमा काेराेना सङ्क्रमण,अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द !

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ ।

Facebook Comments

अन्तिम अपडेट: १७ श्रावण २०७७, शनिबार १९:१४





-->