वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ ।

वालिङ :
क्वारेन्टिन र आईसोलेशनमा बस्ने नागरिकहरुको सेवामा निरन्तर खटिने वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणको पिसिआर परिक्षण नेगेटिभ आएको छ । ‘यो बर्ष नागरिकको जीवनको रक्षा गरौं बिकास बरु अर्काे बर्ष गरौला’ भन्ने सोचाईका साथ नागरिकको समस्यामा खटिदै आउनु भएका नगरप्रमुख खाँणको असार १५ गते कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । उहाँसँगै वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदीको पनि पिसिआरको नतिजा नेगेटिभ आएको छ ।
.

कोरोना कहरले विश्वलाई आक्रान्त बनाइरहेको बेला स्थानीय सरकार प्रमुखको हैसियतमा त्रास र डर त्यागेर आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरिरहेका प्रमुख खाँणको पिसिआर नेगेटिभले आफूहरुलाई निक्कै खुसी बनाएको बताउनु हुन्छ नगर स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डे । कोरोनाको त्रासका बिच काम गर्न लागेको ५ महिना हुँदा पनि नगरप्रमुख खाँणले कुशल नेतृत्व गरिरहकै कारण आफूहरुमा काम गर्ने छुट्टै जोश र जागर पलाएको स्वास्थ्य प्रमुख पाण्डेको भनाई छ ।
जिल्लाका ११ वटै पालिका मध्ये सबैभन्दा धेरै खट्ने जनप्रतिनिधिमा खाँण अग्रस्थानमा पर्नुहुन्छ ।
–वालिङका प्रहरीमा पनि देखियो कोरोना, स्याङजामा प्रहरी सहित थप ५ जना संक्रिमत
–स्याङ्जा:प्रहरी र एम्वुलेन्स चालकमा काेराेना सङ्क्रमण,अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द !
.

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…