पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण, मृतकको संख्या १२६ पुग्यो !

corona Gautam

नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

Facebook Comments Box
TOP