पुतलीबजारमा एकै वडाका ६ सहित ७ जनामा संक्रमण
स्याङजा : कोरोनाको संक्रमण समुदायमा फैलिने क्रम स्याङजामा बढेको छ। शनिबार ७ जनामा कोरोना पुष्टि भएको छ। पुतलीबजार नगरपालिकाका ६ जना र कालीगण्डकी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रादेशिक कार्यालय पोखराले जनाएको छ ।
कोरोना पुष्टि हुनेमध्ये ६ जना पुतलीबजार १३ का हुन् भने एकजना कालीगण्डकी गाउँपालिकका क्वारेन्टाइनमा बस्दै आएका मानिस हुन्। यसैसाता, सात जनामा कोरोना देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ९३ को स्वाब लिएर पीसीआर टेष्ट गर्दा दुई बालकसहित छ जनामा कोरोना देखिएको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिए ।
साउन ४ गते जुवातासको मुद्धामा पक्राउ परेका एक युवाबाट उनका परिवार हुँदै समुदायसम्म फैलिएको हो। सङक्रमित बालक कोरोना पोजिटिभ परिवारका सदस्य भएका र अन्य ४ जना समुदायका ब्यक्ति रहेका बताइएको छ। संक्रमित सबै पुरुष रहेका छन्। उनीहरुलाई आइसोलेसनमा राखिएको छ। योसँगै स्याङजामा संक्रमितको संख्या २ सय ९१ पुगेको छ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


