नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार नाघेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ९३ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको भएर ‘डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो २४ घन्टामा छ हजार ९९३ जनाको ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
देशभर हाल ११ हजार ५३३ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।
पाँच हजार ३३८ जना ‘आइसोलेसन’मा रहेका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…