नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार नाघेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ९३ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको भएर ‘डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो २४ घन्टामा छ हजार ९९३ जनाको ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
देशभर हाल ११ हजार ५३३ जना ‘क्वारेन्टिन’मा रहेका छन् ।
पाँच हजार ३३८ जना ‘आइसोलेसन’मा रहेका छन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


