फेरि थपिए ८३८ जना संक्रमित,११ जनाको मृत्यु,
नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९२ महिला र ५४६ पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन्।
गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयाे । योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्। ५ लाख ७९ हजार ८ सय ९९ जनामा अहिलेसम्म पीसीआर परीक्षण गरिएको उहाँले जानकारी दिनुभयाे ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जानकारी गराए अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । मोरङ, पर्सा बारा, सप्तरी, सर्लाही, काठमाडौं, लिलतपुर, चिवतवन, मकवानपुर र प्युठानमा एक /एक जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


