नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो,संक्रमितको संख्या २६ हजार नाघ्याे ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घन्टामा ४६८ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


