नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो,संक्रमितको संख्या २६ हजार नाघ्याे ।

corona Gautam

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घन्टामा ४६८ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP