नेपालमा २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा गरेर थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयाे ।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…