नेपालमा एकैदिन १२ सय २१ जना कोरोना संक्रमित थपिए, १४ जनाकाे गयाे ज्यान ।

corona Gautam

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२२१ जनामा कोरोना पुष्टि भएको बताउनु भयाे ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

Facebook Comments Box
TOP