सुरक्षाकर्मी र पत्रकार सहित गण्डकी प्रदेशमा थपिए १७ जना सङ्क्रमित ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १७ जना कोरोना सङ्क्रमित थपिएका छन । नौं जना महिला र आठ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार नौं सय आठ पुगेको छ ।
आज थपिनेमा एक जना पत्रकार तथा दुई जना सुरक्षाकर्मी समेत रहेकाछन् । उनीहरु दुवै जना कास्कीका हुन् । नयाँ थपिने ११ जना कास्कीका छन् भने छ जना तनहुँका रहेकाछन् ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार नौं सय आठ मध्ये एक हजार छ सय ३९ जना निको भएर घर फर्किएकाछन् भने ८ जनाको निधन भईसकको छ ।
यो पनि पढ्नुहोस् : गण्डकी प्रदेशमा पहिलाे पटक पत्रकारलाई काेराेना पुष्टि तर लक्षण केही छैनन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


