चापाकोटका युवा संघका कार्यकर्ताले सञ्चारकर्मी माथि दुर्व्यवाहार गरेको भन्दै प्रहरीमा उजुरी
स्याङ्जा :
चापाकोटमा युवा संघका कार्यकर्ताले सञ्चाकर्मी माथि आक्रमण सहितको दुर्व्यवाहार भएको घटना सार्वजनिक भएको छ । स्थलगत रिपोर्टिङमा हिडिरहेका सञ्चारकर्मी माथि युवासंघका कार्यकर्ताले मोबाइल खोसेर अपशब्द प्रयोग गर्दै हामी संग हिड तलाइ हामी सम्झाउछौ भन्दै अपहरण शैलीमा आक्रमण गरेको पीडित सञ्चारकर्मीले जनाएकाछन् ।
चापाकोटको वडा नम्वर १० बाघेडाडामा युवा संघका बिबेक भण्डारीको नेतृत्वमा रहेको युवाहरुको समूहले सञ्चारकर्मी माथि दुव्र्यवाहार गरेको हो ।
सञ्चारकर्मीहरु गोपिकृष्ण रेग्मी र दिबश भण्डारी माथी धम्किपुर्ण भाषा बोल्दै अपहरण गर्न खोजेको उनीहरुको आरोप छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार माथि दिनदहाडै आक्रमणको प्रयास गरिएको र मोबाइल खोसेर कल डिटेल म्यासेज लगेको भन्दै पत्रकार रेग्मी र भण्डारीले इलाका प्रहरी कार्यालय चापाकोटमा निवेदन दर्ता गराएका छन् ।
चापाकोट नगरपालिका वडा न १० का वडा अध्यक्ष रामु कोइरालाको उपस्थितिमा उनिहरुले आक्रमणको प्रयास गरेका पीडितको भनाई छ ।
युवा संघका नेता बिबेक भण्डारीले चापाकोट नगरपालिका वडा न १० का तरुणदल संयोजक टुकराज पाठक राजु माथी हातपात समेत गरेको पाठकले बताएका छन । पत्रकार भण्डारी,रेग्मी र तरुण संयोजक पाठकले शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका प्रहरीले पुष्टी गरेको छ ।
यसैबीच चापाकोट १० का अध्यक्ष रामु कोईरालाले घटनामा आफू उपस्थित नै नरहेको बताउनु भएको छ । आँधीखोला खबरसँग कुरागर्दै वडा अध्यक्ष कोईरालाले आफू वालिङबाट चापाकोट सरासर आएको स्पष्ट पार्नु भयो, उहाँले भन्नुभयो, मैले त बिबाद भएको कुरा तल आएर थाहा पाएको हो ।
यस्तै घटनामा संलग्न भएका भनिएका युवा संघका बिबेक भण्डारीको मोवाईल स्विच अफ भएका कारण उहाँको भनाई भने समावेश गर्न सकिएन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


