चापाकोटमा एक बृद्ध मृत भेटिए

death

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ मा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

चापाकोट नगरपालिका वडा नं. ८ का ७२ वर्षीय तोयबहादुर माझी खोरियाघाटस्थित कालीगण्डकी किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृतक माझीको घरमा कोहि नभएको र उनकी श्रीमती माईतीमा बस्दै आएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP