पिएसजी स्तब्ध, बार्यन म्युनिख बन्यो युरोपियन च्याम्पियन ।
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पारी जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।
च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।
छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो ।
पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।
बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए । पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


