पिएसजी स्तब्ध, बार्यन म्युनिख बन्यो युरोपियन च्याम्पियन ।

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पारी जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ ।

च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो ।

पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए । पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके ।

Facebook Comments Box
TOP