भवन निर्माणमा जुट्यो पत्रकार महासंघ स्याङजा

भवानी अधिकारी/स्याङजा :
नेपाल पत्रकार महासंघ स्याङजा भवन निर्माणमा जुटेको छ । वालिङमा बसेको महासंघको वैठकले भवन निर्माण लगायतका बिभिन्न निर्णय गरेको हो ।
बैठकले बिभिन्न ४ वटा उपसमिति गठनगरी भवन निर्माणको जिम्मेवारी दिइएको छ भने भवन निर्माणका लागि पत्रकारबाटैे रकम संकलन कार्य सोहीदिनदेखि सुरु गरिएको छ ।
महासंघका अध्यक्ष ओमप्रकाश शर्माको संयोजकत्वमा भवन निर्माण समिति, उपाध्यक्ष अर्जुन काफलेको संयोजकत्वमा आर्थिक संकलन समिति, सदस्य अमृत अर्यालको संयोजकत्वमा लेखा समिति र सदस्य मोहन गुरुङको संयोजकत्वमा अनुगमन समिति गठनगरी जिम्मेवारी प्रदान गरेको छ ।
प्रत्येक समितिमा ४ देखि ५ जना अन्य क्रियाशिल पत्रकार सदस्य रहनेगरी समिति बनाइएको हो ।
भवन निर्माणका लागि पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित नागस्थानमा रहेको ४ आना जग्गा उपलब्ध गराएपछि महासंघका पदाधिकारीहरु भवन निर्माणमा जुटेका हुन ।
भवन निर्माणमा सुरुवात आफैंवाट गर्ने जनाउदै रकम संकलनका लागि महासंघका अध्यक्ष ओमप्रकाश शर्माले २५ हजार, उपाध्यक्ष अर्जुन काफलेले १० हजार रकम सहयोग गर्ने बताउनुभयो ।
यसैगरी, सहभागी पदाधिकारी लगायतका सदस्यहरुले नगद सहयोगको प्रतिवद्धता जनाएका छन् ।
जिल्ला स्थित ११ वटै स्थानीय तह, प्रदेश सांसद, संघीय सांसद, मन्त्री, अन्र्तराष्ट्रिय तथा राष्ट्रिय दातृ निकाय, ब्यवसायी, उद्यमी, सरकारी तथा गैरसरकारी क्षेत्रमा सहभागी सबैसंग आर्थिक सहयोगबाट भवन निर्माण कार्य सम्पन्न गर्नेगरी पत्रकार महासंघले भवन निर्माणका लागि आवश्यक कार्य अघि बढाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…