पहिरोले घर भत्काएपछी डेढ महिना देखि त्रिपालको सहारामा रात बिताउँदै अधिकारी परिवार

adhikari_family

भूपराज बस्याल/स्याङ्जा :

असार १२ गते आएको अत्यधिक बर्षाका कारण घर भत्किएपछि गल्याङ नगरपालिका ११ भाटी सिम्लेका खगेन्द्र प्रसाद अधिकारी र उहाँको परिवार डेढ महिनादेखि त्रीपालको सहारामा रातहरु गुजार्दै आएका छन् । घर भत्किएपछि पाएको एउटा त्रीपाल मुनि बसेर दिनभरि सहयोगी हातहरुलाई चियाउदै भोलि पुन चियाउने आशाकासाथ विभिन्न आरोह अवरोह सहदै अधिकारीले बिताउन थालेको डेढ महिना भयो । हरेक दिन यसैगरी बितेपनी उहाँले अहिलेसम्म सबै क्षेत्रबाट आश्वासन भन्दा केही पाउनु भएको छैन ।

नेपाल समाचारपत्रसंग कुराकानी गर्दै खगेन्द्रले भन्नुभयो अहिलेसम्म नगरपालिकाले दिएको एउटा त्रीपलाको भरमा दिनरात गुजारी रहेका छौं । नगरपालिकाले एउटा त्रीपाल र एक बोरा चामल मात्रै उपलब्ध गराए पनि हामी रिपोर्टिङको लागि पुग्दासम्म नगर प्रमुख समेत एक पटक समस्या बुझ नआएको पीडितको गुनासो थियो ।

पीडितको बस्तु स्थिति बुझेर कसरी सहयोग गर्न सकिन्छ भन्दै पीडित भेट्न पुग्नु भएका गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लसंग गुनासो गर्दै पीडित परिवारले रेडक्रस गल्याङबाट एउटा त्रीपाल, भाडाकुडा र पाँच हजार रुपैयाँ र नगरपालिकाबाट केही सहयोग मात्रै पाएको गुनासो गर्नुभयो ।

नेपाली काङ्ग्रेस गल्याङ नगर कमिटी सहित पीडितको घरमा पुग्नु भएका सांसद मल्लले पीडितको उद्घारको लागि प्रदेश सांसदमा कुरा राख्ने र सरकारबाट पाउने सहयोगलागि पहल गरिदिने बचन बद्द्ता दिनुभयो । पुर्ण क्षतिभएका कारण सरकारबाट पाउने सहयोगमा ढिलाइ गर्न हुन नहुने भन्दै त्यसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरकमिटी सहित पुगेको टोलिले तत्काल राहतको लागि सत्र हजार नगद समेत हस्तान्तरण समेत गरेको छ ।

गल्याङ देखि तिन्दोबाटे जाने बाटोको छेउमा रहेको दुईतले ढुङ्गाको घरमा पछिल्लो समय बुढाबुढीमात्रै बस्दै आउनुभएको थियो । असार १२ गते घरको काम गर्दैगर्दा बम पड्के जस्तो आवाज आएपछि हेर्दा आफ्नै घर पहिरोले लगेपछि उहाँहरु घरबार बिहिन हुनुभएको हो । भत्किएको समयमा घरमा कोहि नभएको हुँदा मानवीय क्षति भने केही हुन पाएन ।

‘म सासुआमा बिमारी भएर घरभन्दा केही माथी थिए बुढा अलि पर भाडा माझ्दै गर्दा घर पहिरो गएको गएको हुँदा मानवीय क्षति हुन नपाएको खगेन्द्रको भनाइ छ । न घर भत्किने जस्तो जिर्ण थियो न कतैबाट पहिरो आएर घर भत्कायो घर कसरी भत्कियो भन्ने बारेमा आफुहरु समेत अनविग्य रहेको उहाँको गुनासो थियो ।

उहाँले भन्नुभयो आधा घर उसैदिन गयो बाकि घर अर्को दिन गयो अलिअलि बचेको समेत बिस्तारै भत्कदै गरेको उहाँले बताउनुभयो । करिब ५१ /५२ साल तिर दुखगरि बनाएको घर भत्किएपछि आफुहरु सहारा बिहिन भएको गुनासो गर्नुभयो । दुई छोराहरु जागीरको सिलसिलामा एक भारत र एक काठमाडौमा रहेपनी छोराहरु बाट राम्रो हेरचाह नहुदा र भएको घर समेत पहिरोले लैजादा खगेन्द्रको मन झनै भक्कानिएको गुनासो थियो ।

स्थानीय निकायबाट हुने सबै काम भैइसकेको र तत्कालको लागि राहत समेत उपलब्ध गराएको सोही वडका अध्यक्ष शकर देब अधिकारीको भनाइ छ । उहाँले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो पुर्ण क्षति भएको हुँदा नगरपालिकाबाट सबै कागजपत्र तयार भैसकेको र माथीबाट रकम आउन साथ रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । न्युज अफ नेपाल डटकमबाट

Facebook Comments Box
TOP