लकडाउन अवधिका बैंक ब्याज मिनाह गर्न यातायात ब्यवासायीका माग

भवानी अधिकारी/स्याङजा :
स्याङजाका यातायात ब्यवसायीले लकडाउन अवधिभरको बैंक ब्याज मिनाहका साथै लकडाउन पछिको ६ महिना पर सारेर बैंक किस्ता तालिका बनाउन सरकारसंग माग गरेका छन् ।
स्याङजा गण्डकी यातायात प्रा.लि. द्धारा आइतवार साँझ जारी प्रेश बिज्ञप्तिमा कोरोना भाइरस महामारीका कारण उत्पन्न परिस्थितीले कम्पनीमा आवद्ध सम्पूर्ण सवारी साधन थन्क्याएर राख्नु पर्दा बैंकका किस्ता र ब्याज बुझाउने रकम ब्यवसायीसंग नभएको उल्लेख छ ।
चैत ११ देखि असार २१ गतेसम्म सरकारले सेवा संचालनमा रोक लगाएको अवस्था र त्यसपछि पनि के गर्ने भन्ने बिषय अझैं अन्यौलमै रहेको छ, कम्पनीका अध्यक्ष पुष्पराज पोखरेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
बन्दाबन्दीका कारण बैंक किस्ता नियमित गर्न नसकिएको, लामो समयसम्म थन्क्याएर राख्नु पर्दा सवारी साधनको मर्मत गर्नु पर्ने, कर्मचारीलाई तलब दिनु पर्ने जस्ता अनेकौं समस्या ब्यवसायीसंग हुदाँहुदै पनि बैंक तथा बित्तिय संस्थाबाट किस्ताका लागि दिनहुँ आउने फोन र खवरका ताकेताले ब्यवसायीलाई झनै ममाहत बनाएको उल्लेख छ ।
ब्यवसायीका मनोवल उच्च बनाउन सरकारले पहल गर्नु पर्ने जनाउदै ब्यवसायीले थप कर्जाको समेत माग गरेका छन् । तस्वीर फाइल

Facebook Comments Box
TOP