सार्वजनिक यातायात सञ्चालनका लागि स्याङ्जा प्रशासनले निकालेको सूचनामा के छ ?


स्याङ्जा :
नेपाल सरकारले जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि सार्वजनिक सूचना जारी गरी यातायात सञ्चालन कसरी गर्ने भन्ने बारेमा स्पष्ट पारेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले सूचना निकालेर कसरी यातायात सञ्चालन गर्ने भन्ने जानकारी गराउनु भएको हो ।

सूचनामा नेपाल सरकारले घोषणा गरे बमोजिम बन्दाबन्दी (Lockdown) जारी रहेकाे उल्लेख छ । त्यस्तै काठमाडौं उपत्यका बाहिरबाट उपत्यका प्रवेश गर्ने सवारी साधन र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई पहिले जस्तै सवारी पासको व्यवस्था कायम रहेको समेत सूचनामा स्पष्ट पारिएकाे छ ।

यातायात सञ्चालन तथा यात्राका लागि जान्नै पर्ने कुराहरू :

१. जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा संचालन हुने गरी निजी सवारी साधन (चालक बाहेक थप २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सावर हुने) र जोर बिजोरप्रणालीमा संचालन हुने गरी निजी मोटरसाइकल,

२. जिल्लाभित्र मात्र संचालन हुने गरी ट्याक्सी (चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ वर्षस मका बालवालिका मात्र सवार हुने),

३. जिल्लाभित्र मात्र संचालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन (चालक सहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने, एक पङ्तिको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सावरी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधन दैनिक निसंक्रमित गर्ने)

४. उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन (सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने स्यानिटाइजर व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने ।

.

Facebook Comments Box
TOP