वालिङ : श्रवणकुमार पार्कमा बिभिन्न जातका बिरुवा रोपियो ।

वालिङ :
वालिङ नगरपालिका ८ को श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको छ । वालिङ नगरपालिका,युएनडिपी नेपाल र दियालो संस्थाको आर्थिक सहयोग तथा स्थानीय नवप्रभात युवा क्लवको साझेदारीमा बिरुवा रोपिएको हो ।
युएनडिपी नेपालको “प्लान्टेशन क्याम्याईन टु सपोर्ट ग्रीन रिकोभरी फ्रम द पान्डेमिक्स” कार्यक्रम अन्तर्गत बिभिन्न जातका बिरुवा रोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले श्रवणकुमार पार्कलाई आन्तरिक पर्यटकको गन्तव्य बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । उहाँले नगर भित्र पार्क तथा पर्यटकीय क्षेत्र बनाउन पनि बिभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्ने बताउनु भयो । स्वस्थ तथा हराभरा नगर बनाउनका लागि आफूहरुको जोड रहेको नगरप्रमुख खाँणको भनाई छ । उहाँले वालिङ बजार भन्दा केहि माथि र रेडियो आँधीखोला भन्दा तलको भागमा रहेको पार्कलाई व्यवस्थित गर्न सकिएमा धार्मिक तथा पर्यटकीय संभावना रहेको धारणा राख्नुभयो ।
.

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले पर्यटकीय क्षेत्रको निर्माणसँगै संरक्षणमा समेत सबै लाग्नु पर्ने बताउनु भयो । सबैको सहकार्यमा नै पार्क तथा अन्य पर्यटकीय स्थलको निमार्ण गर्न सकिने उहाँको भनाई छ ।
त्यस्तै वालिङ नगरपालिका वडा नं. ८ का अध्यक्ष कलम प्रसाद सुवेदीले वडा भित्र रहेको बिभिन्न खुला जग्गालाई बिस्तारै हरियाली बनाउदै लगिने बताउनु भयो, उहाँले पार्क निर्माणका लागि वडाबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोभिड १९ प्रभावितका लागि लक्षित गरी कार्यक्रम शुरु गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पार्क तथा हरियाली बातावरण बनाउनका लागि संस्थाले निरन्तर सहकार्य गर्नेछ ।”
कायक्रममा श्रवणकुमार प्रतिष्ठानकाका जिल्ला अध्यक्ष सीताराम अधिकारी, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
.

पार्क भित्र रहेको खाली जग्गामा बिरुवा लगाई व्यवस्थित पार्कमा परिणत गर्ने आफूहरुको लक्ष्य रहेको नवप्रभात युवाक्लवका अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिनुभयो ।
वालिङ बजारबाट नजिकै भएकाले आफूहरु व्यवस्थित पार्क निर्माणमा लोगको निर्माण एबं संरक्षण समितका सचिव मुक्ति सुवेदीको भनाई छ ।
नवप्रभात युवाक्लब र प्रभात आमा समूहको सक्रियतामा बृक्षारोपण गरिएको हो । खाली रहेको
प्लान्टेशन कार्यक्रम अन्र्तगत विभिन्न स्थानमा कृषि प्राबिधिकको प्रत्यक्ष निर्देशन र सुपरभिजनमा झण्डै हजार बिभिन्न जातका फलफूलका बिरुवा रोपिने क्लवले जनाएको छ ।
.


समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…