भीरकोट : शिक्षा शाखा प्रमुख आर्चायको बिदाई

चुत्र महत/भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा कार्यरत उप सचिव (अधिकृत स्तर दशाँै ) हेम प्रसाद आर्चायलाई एक कार्यक्रमको विच विदाई गरिएको छ ।
विदाई कायक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले शिक्षा शाखा प्रमुख आचार्य आफ्नो कार्यकालमा इमान्दारी र निष्ठा पूर्वक जिम्मेवारी वहन गर्ने गरेको भन्दै नगरपालिकाले शिक्षा प्रति लिएको उद्येश्यको पूर्णता गर्नमा ठुलो सहयोग पुर्याएको वताउनु भयो ।
नगर प्रमुख खनालले वालमैत्री नगर वनाउनको लागि आचार्यको महत्वपूर्ण भूमिका रहेको भन्दै छिमेकी पालिकाको शिक्षा शाखाको पदभार सम्हाल्न जानुभएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
विदाई कार्यक्रममा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले भीरकोटमा रहदा भर आचार्यले शिक्षा क्षेत्रलाई प्रभावकारी र गुणस्तरीय वनाउनको लागि अहम भुमीका निर्वाह गरेकाले आगामी दिनमा पनि सहकार्य गरी अगाडि वढ्ने भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
विदाई भई जान लाग्नु भएका शिक्षा शाखा प्रमुख आचार्यले सरकारी कर्मचारी भएपछि कर्मको लागि एक ठाँउ वाट अर्को ठाँउ जाने आउने प्रक्रिया चलिरहने भएको भन्दै भीरकोटमा रहेर आफ्नो १४ महिने कार्यकाल व्यतित गर्दै गर्दा सवै तरहवाट जनप्रतिनिधि,कर्मचारी,राजनितिक दल संचारकर्मी लगायतको निकै राम्रो सहयोग पाएको बताउनु भयो ।
विदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल र वडा अध्यक्षहरुको तर्फवाट वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठीले शिक्षा प्रमुख आचार्यले भीरकोटको शिक्षा गुणस्तरीय र प्रभावकारी वनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नगर प्रमुखको अध्यक्षतामा सम्पन्न शिक्षा शाखा प्रमुख आचार्यको विदाइ कार्यक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्नुभएको थियो ।
१४ महिना देखी भीरकोटको शिक्षा क्षेत्रमा अतुलनीय सहयोग पुर्याएका आचार्य सरुवा भएर पोखरा महानगरपालिकाको शिक्षा शाखा प्रमुख पद समाहाल्न जान लाग्नुभएको हो ।
विदाई कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको उपस्थीति रहेको थियो ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…