अपडेट : पहिरोमा पुरिएर तत्कालिन गाविसका अध्यक्षको ज्यान गयो,बेपत्ता तीनजनाको खोजी जारी

स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ खहरेमा गएको पहिरोमा परी तत्कालिन बिर्घा गाविसका अध्यक्ष ७० बर्षीय ईमानसिंह रानाको ज्यान गएको छ । आज बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न गएका राना सहित पाँच जनालाई पहिरोले पुरेको थियो भने एक जना भागेर ज्यान बचाएका थिए । प्रहरीले भने बाटो हिड्ने क्रममा माथिबाट पहिरो आएको जनाएको छ ।
पहिरोमा परी तीन जना अझै बेपत्ता रहेकाछन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बेपत्ता हुनेहरुमा ६० बर्षीय प्रेम चन्द्र पाण्डे, ६० बर्षीय जिमान्सिंह थापा र ५० बर्षका टिका बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जीबितै उद्धार गरिएका ६८ बर्षीय होमनाथ पाण्डे र ५५ बर्षीय बीरबहादुर रानाको गल्याङमा उपचार भईरहेको छ ।
त्यस्तै सोही खहरे खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ । स्थानीय बिरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार बिस्थापित भएको हो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…