अपडेट : पहिरोमा पुरिएर तत्कालिन गाविसका अध्यक्षको ज्यान गयो,बेपत्ता तीनजनाको खोजी जारी
स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ खहरेमा गएको पहिरोमा परी तत्कालिन बिर्घा गाविसका अध्यक्ष ७० बर्षीय ईमानसिंह रानाको ज्यान गएको छ । आज बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न गएका राना सहित पाँच जनालाई पहिरोले पुरेको थियो भने एक जना भागेर ज्यान बचाएका थिए । प्रहरीले भने बाटो हिड्ने क्रममा माथिबाट पहिरो आएको जनाएको छ ।
पहिरोमा परी तीन जना अझै बेपत्ता रहेकाछन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बेपत्ता हुनेहरुमा ६० बर्षीय प्रेम चन्द्र पाण्डे, ६० बर्षीय जिमान्सिंह थापा र ५० बर्षका टिका बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जीबितै उद्धार गरिएका ६८ बर्षीय होमनाथ पाण्डे र ५५ बर्षीय बीरबहादुर रानाको गल्याङमा उपचार भईरहेको छ ।
त्यस्तै सोही खहरे खोलाले धार परिवर्तन गर्दा ४ घर परिवार बिस्थापित भएका प्रहरीले जनाएको छ । स्थानीय बिरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार बिस्थापित भएको हो ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


