ट्याक्टरको ठक्करले स्याङ्जामा एकको मृत्यु
प्रकाश डोटेल/स्याङ्जा :
गुडिरहेको ट्याक्टरले ठक्कर दिदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. २ ठाँटीभञ्याङ्का ७६ वर्षिय कृष्ण रेश्मी रहेका छन् ।
कच्ची सडकमा गुडिरहेको लु ३ त ४२०१ नंम्बरको ट्याक्टरले ठक्कर दिदा घाईते भएका रेश्मीको पाल्पास्थित मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्क कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


