करदाता सेवा कार्यालय स्याङ्जा आए पनि व्यवसायीलाई उस्तै सास्ती

स्याङ्जा :

करदाता सेवा कार्यालय जिल्लामा आएपनि स्याङ्जाका व्यवसायीले सास्ती भोग्न बाध्य भएका छन् । कर वापतको रकम भुक्तानीका लागि बैंक गएर अन्य बैंकको खातामा रकम जम्मा गर्नुपर्ने भएपछि व्यवसायीले सास्ती भोग्न बाध्य भएका हुन् ।

करदाता कार्यालयले बैंक अफ काण्ठमाडुको खातामा रकम जम्मा गर्न लगाउँछ तर नेपाल बैंकमा गएर रकम जम्मा गर्दा दिनै बित्ने गरेको स्थानीय व्यवसायीले बताए । उनीहरुका अनुसार स्थानीय बैंकमै रकम जम्मा गर्न पाउनुपर्ने माग राख्दा कार्यालय प्रमुखले समयमै काम गर्ने हो भने रकम छिटो जम्मा गरी आउन बाध्य बनाएका छन् ।

करदाता कार्यालय जिल्लामा आएर के भयो त ? जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका एक पदाधिकारी भन्छन्, “करदाता कार्यालय स्थानीय बैंकमा रकम जम्मा गर्ने व्यवस्था तत्काल मिलाउनु पर्छ ।” उनले भने, “व्यवसायीको हितका लागि सेवा कार्यालय तत्काल आवश्यक कदम चाल्नुपर्छ ।”

Facebook Comments Box
TOP