स्याङ्जा-पूर्ब एमाले समर्थितले गरे ओलीको पक्षमा प्रदर्शन,‘आफ्नै नेतालाई भारतीय दलालको आरोप’
प्रकाश डोटेल/स्याङ्जा :
सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा बिवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्याङ्जामा प्रदर्शन गरिएको छ । जनमतको कदर गर्दै प्रधानमन्त्री केपी ओलीलाई पुरा कार्यकाल काम दिन माग गर्दै स्याङ्जामा प्रदर्शन गरिएको हो ।
नागरिकले स्वतः स्फुर्त रुपमा गरेको भनिएको प्रदर्शनमा सबै जना पूर्व एमाले पृष्ठभूमिका थिए । प्रदर्शनमा सहभागि भएका युवाहरुले ‘आज होईन भोलिलाई, ५ वर्ष केपी ओलीलाई’ भन्ने नारा लगाएका थिए । त्यस्तै उनीहरुले आफ्नै नेताहरुलाई लक्षित गर्दै भारतीय दलाल भएको आरोप समेत लगाएकाछन् । उनीहरुको आक्रोस पार्टी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरु प्रति लक्षित रहेको थियो ।
स्याङ्जा सदरमुकास्थित बसपार्कबाट शुरु भएको प्रदर्शन सहिदचोक, प्रगतिनगर, बाडखोला हुर्दै पुनः सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने युवाहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्नेहरु भारतीय दलाल भएको आरोप लगाएका थिए ।
प्रदर्शनलाई लिएर नेकपा स्याङ्जाका पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले प्रदर्शन गर्नु आवश्यक नरहेको बताए । उनीहरुले व्यक्तिको पक्षमा गरिने प्रदर्शनले कार्यकर्तामा तिक्तता बढाउने र भिडन्तको अवस्था ल्याउने बताए ।
प्रदर्शनमा सहभागि पुतलीबजार नगरपालिका क्षेत्रका युवाहरुको बाहुल्यता थियो । प्रदर्शनमा युवा संघका सदस्यहरु ब्ढि थिए । उनीहरु प्रधानमन्त्री केपी ओलीको तस्बिर र राष्ट्रिय झण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए ।
पुर्ब एमालेले यसरी गरे स्याङ्जामा प्रम ओलीको पक्षमा प्रदर्शन
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


