स्याङ्जा-पूर्ब एमाले समर्थितले गरे ओलीको पक्षमा प्रदर्शन,‘आफ्नै नेतालाई भारतीय दलालको आरोप’

प्रकाश डोटेल/स्याङ्जा :
सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा बिवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्याङ्जामा प्रदर्शन गरिएको छ । जनमतको कदर गर्दै प्रधानमन्त्री केपी ओलीलाई पुरा कार्यकाल काम दिन माग गर्दै स्याङ्जामा प्रदर्शन गरिएको हो ।
नागरिकले स्वतः स्फुर्त रुपमा गरेको भनिएको प्रदर्शनमा सबै जना पूर्व एमाले पृष्ठभूमिका थिए । प्रदर्शनमा सहभागि भएका युवाहरुले ‘आज होईन भोलिलाई, ५ वर्ष केपी ओलीलाई’ भन्ने नारा लगाएका थिए । त्यस्तै उनीहरुले आफ्नै नेताहरुलाई लक्षित गर्दै भारतीय दलाल भएको आरोप समेत लगाएकाछन् । उनीहरुको आक्रोस पार्टी अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरु प्रति लक्षित रहेको थियो ।
स्याङ्जा सदरमुकास्थित बसपार्कबाट शुरु भएको प्रदर्शन सहिदचोक, प्रगतिनगर, बाडखोला हुर्दै पुनः सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने युवाहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्नेहरु भारतीय दलाल भएको आरोप लगाएका थिए ।
प्रदर्शनलाई लिएर नेकपा स्याङ्जाका पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले प्रदर्शन गर्नु आवश्यक नरहेको बताए । उनीहरुले व्यक्तिको पक्षमा गरिने प्रदर्शनले कार्यकर्तामा तिक्तता बढाउने र भिडन्तको अवस्था ल्याउने बताए ।
प्रदर्शनमा सहभागि पुतलीबजार नगरपालिका क्षेत्रका युवाहरुको बाहुल्यता थियो । प्रदर्शनमा युवा संघका सदस्यहरु ब्ढि थिए । उनीहरु प्रधानमन्त्री केपी ओलीको तस्बिर र राष्ट्रिय झण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए ।
पुर्ब एमालेले यसरी गरे स्याङ्जामा प्रम ओलीको पक्षमा प्रदर्शन
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…