पहिरो झरेको हेर्न गएका गाँउलेलाई नै पहिरोले पुरिदियो, एकको निधन, दुई बेपत्ता, तीनको उद्धार
स्याङ्जा :
केही दिन देखिको अबिरल बर्षा सगैको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ खहरेमा एक जनाको निधन भएको छ ।
पहिरोले पुरीएर दुई जना बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित तीन जना घाइते रहेका छन् ।
लगातारको बर्षासगै बिहान पहिरो गएको जानकारी पाए पछि हेर्न गएका उनीहरुलाई अर्काे तर्फबाट आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
पहिरोबाट ७० बर्षीय जीमान सिंह थापाको निधन भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानाकारी दिनुभयो । अन्य दुई जना प्रेम चन्द्र पाण्डे र टिका थापा बेपत्ता रहनु भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
पहिरोले वडा सदस्य हुमनाथ पाण्डे,बीरबहादुर राना र ईमानसिंह राना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख बिमलराज कणेलले जानकारी दिनुभयो ।
यसअघि हिजो बर्षासगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भीरर घाइते भएका छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


