पहिरो झरेको हेर्न गएका गाँउलेलाई नै पहिरोले पुरिदियो, एकको निधन, दुई बेपत्ता, तीनको उद्धार

स्याङ्जा :
केही दिन देखिको अबिरल बर्षा सगैको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ खहरेमा एक जनाको निधन भएको छ ।
पहिरोले पुरीएर दुई जना बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित तीन जना घाइते रहेका छन् ।
लगातारको बर्षासगै बिहान पहिरो गएको जानकारी पाए पछि हेर्न गएका उनीहरुलाई अर्काे तर्फबाट आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
पहिरोबाट ७० बर्षीय जीमान सिंह थापाको निधन भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानाकारी दिनुभयो । अन्य दुई जना प्रेम चन्द्र पाण्डे र टिका थापा बेपत्ता रहनु भएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
पहिरोले वडा सदस्य हुमनाथ पाण्डे,बीरबहादुर राना र ईमानसिंह राना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख बिमलराज कणेलले जानकारी दिनुभयो ।
यसअघि हिजो बर्षासगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भीरर घाइते भएका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…