अबिरल बर्षाका कारण स्याङजाका बिभिन्न ठाँउमा घर गोठ भत्किए, लाखौंको क्षती

Syangja_district

वालिङ :
अविरल बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउमा पहिरो गई घर तथा गोठ भत्किएकाछन् भने केही परिवारहरु बिस्थापित भएकाछन् ।
गल्याङ नगरपालिका वडा नम्वर ७ का तिलमायाँ थापाको माटोले बनेको २ तले घर भत्किदा अन्नपात, भाडा तथा लत्तापडा पुरीएको छ, प्रहरीका अनुशार अन्दाजी ५ लाख ७७ हजारको क्षती पुगेको छ ।
उनीहरुको परिवारलाई छिमेकी लोक बहादुर थापाको घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई छ ।
त्यस्तै वालिङ २ का चित्रमाया दमाईको घर अगाडि आँगनमा पहिरो जाँदा १ तले पक्की घर जोखिममा परेपछि उनको परिवारलाई स्थानीय देउराली प्राविमा सारिएको छ । उनीहरुको पाँच जना रहेको प्रहरीको भनाई छ ।
यसैगरी वालिङ ७ पैदीका भोजराज दमैको गोठ पहिरोको कारण भत्किएको प्रहरीको भनाई छ ।

Facebook Comments Box
TOP