बिर्घा पहिरो : कांग्रेस क्षेत्रीय समितिद्धारा दुख ब्यक्त

भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङजा क्षेत्रीय सभापति देवबहादुर खाँण (इश्वर) ले कालीगण्डकी गाँउपालिका ४ बिर्घामा गएको पहिरोका कारण पुगेको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गर्नुभएको छ ।
क्षेत्र नं. २ का सभापति खाँणद्धारा जारी प्रेश विज्ञप्तिमा पहिरोमा परी निधन हुनु भएका साविक बिर्घा गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका जुझारु नेताहरु ७० बर्षिय इमानसिंह राना, ६० का जिमानसिंह राना र ५० का टिकाबहादुर थापाको निधनले स्तब्ध बनाएको उल्लेख गर्दे उहाहरुप्रति श्रद्धान्जली एवं शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।
साथै, पहिरोमा परी बेपत्ता हुनु भएको प्रेमप्रसाद पाण्डेको छिटै भेट्ने कामना गर्दे, घाइते हुनुभएको ६८ बर्षिय होमनाथ पाण्डे (किसान) र ५५ बर्षिय वीरबहादुर रानाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । नेपाली कांग्रेसका योद्धा एवं विकासप्रेमी नेताहरुको दुखद निधन, वेपत्ता एवं घाइते अवस्थाले अत्यन्त दुखीत तुल्याएको उल्लेख छ ।
जारी बिज्ञप्तिमा कोरोनाको महामारी फैलिएको अवस्थामा पनि आफु भन्दा आफनो गाउँ, समाजको सेवाका निम्ति खटिएका यौद्धाहरुको उच्च सम्मान गर्दै मृतात्मा प्रति शान्तिको कामना गरिएको छ ।
गत मंगलबार बिहान ९ बजे गएको पहिरोामा परी बिर्घाका ३ जनाको मृत्यु, एक जना वेपत्ता एवं २ जना घाइते हुनुभएको थियो ।
पहिरोमा परी घाईते हुनुभएका ६८ बर्षिय होमनाथ पाण्डे र ५५ बर्षिय वीरबहादुर राना पाल्पा अस्पतालमा ५ दिनको उपचारपछि घर फर्किसक्नुभएको छ । मृतक ३ जनाको सामुहिक अत्येष्टि भैसकेको छ ।
पहिरोवाट विस्थापित भएका ६ घर परिवारलाई यथाशिघ्र राज्यले गास, वास र कपासको ब्यवस्थापन गर्न क्षेत्रीय सभापति देववहादुर खाँण (इश्वर) को संघ, प्रदेश तथा स्थानीय तहका सरकारसंग माग छ ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…