स्याङ्जा : अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द,निशेधाज्ञा यथावत,(सूचना/भिडियो सहित)

Syangja_district


स्याङ्जा :
समुदाय स्तरमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि स्याङ्जा जिल्लामा कडाई गर्न शुरु गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीका अनुशार अत्यावश्यक सेवा बाहेक जिल्ला भर सवै सेवा प्रवाहलाई बन्द गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले दश दिनका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै जिल्ला सुरक्षा समितिले यो भन्दा अगाडि नै जारी गरेको निशेधाज्ञा यथावत रहेको प्रजिअ क्षेत्रीले बताउनु भयो ।
स्याङ्जामा ३७ जना सुरक्षाकर्मी सहित एम्वुलेन्स चालकलाई कोरोना सङ्क्रमण पुष्टी भए पछि जिल्लामा कडाई गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय यो भन्दा अगाडि नै सिल गरिएको छ , सङ्क्रमित प्रहरी प्रमुख एस्पी आफ्नै निवासमा आइसोलेशनमा बस्नु भएको छ भने अन्य प्रहरीलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको छ ।

.

Facebook Comments Box
TOP