स्याङ्जा : अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द,निशेधाज्ञा यथावत,(सूचना/भिडियो सहित)
स्याङ्जा :
समुदाय स्तरमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि स्याङ्जा जिल्लामा कडाई गर्न शुरु गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीका अनुशार अत्यावश्यक सेवा बाहेक जिल्ला भर सवै सेवा प्रवाहलाई बन्द गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले दश दिनका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै जिल्ला सुरक्षा समितिले यो भन्दा अगाडि नै जारी गरेको निशेधाज्ञा यथावत रहेको प्रजिअ क्षेत्रीले बताउनु भयो ।
स्याङ्जामा ३७ जना सुरक्षाकर्मी सहित एम्वुलेन्स चालकलाई कोरोना सङ्क्रमण पुष्टी भए पछि जिल्लामा कडाई गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय यो भन्दा अगाडि नै सिल गरिएको छ , सङ्क्रमित प्रहरी प्रमुख एस्पी आफ्नै निवासमा आइसोलेशनमा बस्नु भएको छ भने अन्य प्रहरीलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको छ ।
- भिडियो : प्रहरी संक्रमीत भएपछि अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द ! के-के निर्णय गर्यो DCCMC ले हेर्नुहोस
- –स्याङ्जामा थप सोह्र प्रहरीमा कोरोना सङ्क्रमण,एम्बुलेन्स चालकमा पनि देखियो कोरोना
.


समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


