स्याङ्जा काँग्रेसका प्रवक्ता गोदारलाई मातृशोक ।
प्रकाश डोटेल/स्याङ्जा :
नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता ईन्द्रबहादुर गोदरालाई मातृशोक परेको छ । गोदारका ८८ वर्षिय माता रेवती गोदारको शनिबार बिहान आफ्नै निवासमा मृत्यु भएको हो ।
पुतलीबजार नगरपालिका वाड नं. ५ नयाँबजार स्याङ्जा निवासी गोदारका माता विगत लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिईन् । उनको शनिबारनै पोखरास्थित रामघाटमा दाहसंस्कार गरिएको नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार रानाले जानकारी दिए ।
गोदारको अन्त्यष्टी पूर्व संविधासभाका सदस्य राजु थापा, स्याङ्जा काँग्रेसका कार्यबहाक सभापति राना र स्याङ्जा क्षेत्र नं. १ काँग्रेसका क्षेत्रिय सभापति तुलसीराम रेग्मी,क्षेत्र नम्वर २ का सभापति देब बहादुर खाँण (ईश्वर)ले संयुक्त रुपमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए ।
उनीहरुले गोदारको स्वार्गारोहणले नेपाली काँग्रेस स्याङ्जा सहित समग्रह पार्टीलाई अपूर्णनीय क्षति पुगेको समेत बताएका थिए । स्वर्गिय गोदारका श्रीमान, २ छोरा र ३ छोरी छन् ।
.

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


