स्याङ्जाका ब्यवसायिक कृषकहरुलाई यान्त्रिकरण सामाग्री र राहत प्रदान।

yantrik_gifted-1


स्याङ्जा :
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले ब्यवसायिक कृषकहरुका लागि यान्त्रिकरण सामाग्री र राहत बितरण गरेको छ । बिज्ञ केन्द्रले यान्त्रिकरण सामाग्री ७० प्रतिशत अनुदानमा प्रदान गरेको हो ।
बिज्ञ केन्द्रले भेसीको गोबर फाल्ने हिल ब्यारो १७ कृषकलाई २० थान, दुई फार्म र एक गााई पालकलाई तीन वटा दुध दुहुने मिलकिङ् मेसीन प्रदान गरेको हो ।
यस्तै एक संस्थालाई दुध ततायर बेच्ने पास्चुलाईजर मेसिन, दुई संस्थालाई कुखुराको भुत्ला फाल्ने पोल्ट्री डेसिङ् मेसीन, एक संस्थालाई एलाईजर मेसीन फुल सेट प्रदान गरेको हो ।
बिज्ञ केन्द्रले आठ लाख १२ हजार बराबरको यान्त्रिकरण सामाग्री र घर गोठ जलेका सन्तोष पाण्डेलाई ५० हजार राहत प्रदान गरेको हो भने इन्द्रणी बंगुर फार्म र मिलीजुली बंगुर फार्मलाइ लकडाउनमा बंगुर मरेर पुगेको क्षतिलाई हेरेर ५०÷५० हजार गरी एक लाख ५० हजार राहत बितरण गरेको हो ।
कार्यालय निकालेको सुचनाको आधारमा आएका निबेदन अनुशार ब्यवसायिक कृषकलााई छनौट गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले जानाकारी दिनुभयो ।

.


यान्त्रिकरण सामाग्री तथा राहत गण्डकी प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहरकारी मन्त्री लेख बहादुर थापाले प्रदान गर्नु भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहरकारी मन्त्री थापाले यान्त्रिकरण सामाग्रीको दुरुपयोग हुन नहुने बताउनुभयो ।
कृषिलाई औद्योगिक क्षेत्रमा लग्ने उदेश्ले ब्यवसायिक रुपमा कृषिमा लागेकालाई यान्त्रिकरण सामाग्री र अनुदान दिएको बताउदै मन्त्री दोहोरो सेवा कसैले नपाउने बताउनुभयो ।
एक चोटी अनुदान लिएकाले पाँच बर्ष सम्म कतैबाट अनुदान लिन नपाउने र ब्यवसायिक रुपमा गर्नेले मात्र अनुदान पाउने मन्त्री थापाको भनाई थियो ।
केन्द्र, प्रदेश र स्थानिय स्तरबाट अनुदान लग्ने कार्यलाई रोकनु पर्ने बताउदै मन्त्री थापाले दोहोरो सुबिधा लिनेलाई कारबाही गरिने बताउनुभयो ।
नक्कली काजजात बनाएर अनुदान लिने नक्कली कृषकलाई निरुत्साहित गर्नु पर्ने मन्त्री थापाको भनाई थियो ।
कृषिमा लागेका कृषकलाई प्राकृतिक बिपतले क्षति गरेको बताउदै मन्त्री थापाले कृषिमा लाग्ने कृषक र कृषिको सत प्रतिशत अनुदान दिने तयारी गरेको बताउनुभयो ।
जग्गा बाझो राख्न नहुने बताउदै मन्त्री थापाले लिजमा लिएर काम गर्ने र बाझो जग्गामा खेती गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन दिने बताउनुभयो ।
सहकारीलाई उत्पादन जोड्नु पर्ने बताउदै मन्त्री थापाले उत्पादनमा जोडिएको सहकारीलाई सरकारले आर्थिक सहयोग गरेको र गर्ने बताउनुभयो ।
यान्त्रिकरण सामाग्री र राहत बितरणमा बिधायन समितिका सभापति मोहन प्रसाद रेग्मी, प्रदेश सभा सदस्य दिपक चर्तिमगर, जिल्ला समन्वय समिति प्रमुख सीता कुमारी सुन्दास, पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, पुर्व जिबिस सभापति राम बहादुर थापा, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष मोति प्रसाद पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments Box
TOP