स्याङ्जामा भदौदेखि विद्यालयमा भर्ना शुरु

sikcha

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जामा भदौ १ देखि विद्यालयमा भर्ना शुरु गरिने भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय स्याङ्जाले भदौदेखि विद्यालय भर्ना र असोज १ देखि कोभिडका कारण अबरुद्ध भएका परिक्षा संचालन गर्ने गरी तयारी गरेको हो ।

“कोरोनाबाट सचेत रहँदै स्वास्थ्यका आधारभूत संरचना बनाएर भर्ना गर्ने तयारीमा छौं ।” समन्वय ईकाइका प्रमुख गुरुप्रसाद पौडेलले भने, विद्यालय खोल्ने त होईन तर भर्ना र ११, १२ को परीक्षा संचालन गर्न राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।” मन्त्रालय र बोर्डको निर्देशन अनुसार काम अगाडी बढाएको प्रमुख पौडेलले बताए ।

जिल्लामा आधारभूत र माध्यामिक गरी ५ सय ५७ विद्यालय छन् । १ देखि १० कक्षासम्म शैक्षिक सत्र २०७७÷०७८ मा झण्डै ५८ हजार विद्यार्थी भर्ना हुने अनुमान समन्वय ईकाइको छ । निजी विद्यालय तर्फ पनि भर्ना संचालनका लागि छलफल चलाईएको छ ।

विद्यालयहरुमा स्वास्थ्य संरचना शुन्य प्रायः छ । स्वास्थ्य संरचना विना विद्यालय खोल्न लाग्दा अभिभावक त्रसित छन् । विद्यालयमा हुलकाहुल विद्यार्थी हुने भएकाले कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले अभिभावकहरु त्रसित भएका हुन् ।

लकडाउन खुलेको एक महिनापछि राजश्व उठाउनु भन्ने सर्बोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । राज्यपक्ष जसरी हुन्छ कर संकलन गर्ने योजनामा रहेपछि कोरोनाको महामारीबीच विद्यालय खोले जस्तो गर्न थालिएको स्थानीय शिक्षाविज्ञहरुको भनाई छ ।

स्याङ्जामा एक दर्जन विद्यालयहरुले सामाजिक दुरी कायम गर्दै उत्पादनमुलक कार्यक्रमहरु संचालन गर्दै आएका छन् । जिल्लामा केहि विद्यालयहरुले विद्यार्थीलाई उत्पादनसँग जोड्ने अभियान अन्र्तगत उत्पादनमुलक काम गर्दै आएका छन् । विद्यालयको जग्गामा विद्यार्थीहरुले मौसमी तथा बेमौसमी तरकारी, फलफूल खेती गर्दै आएका छन् ।

Facebook Comments Box
TOP