स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, एकको उद्धार ।
स्याङ्जा :
बर्षासगैको पहिरोले पुरिएर स्याङ्जाको गल्याङ् नगरपालिका वडा नम्वर १० मा एक जनाको ज्यान गएको छ भने एक जनाको उद्धार गरिएको छ ।
पहिराले घर भत्किदा पुरिएर ५२ बर्षीय माया सारुको मृत्यु भएको हो भने २० बर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।
राती खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको हो भने एक जनाको मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर माथीबाट आएको पहिरो पुरेको अधिकारीले जानाकारी दिनुभयो ।
पहिरोले पुरिएर उद्धार छोरी सारुको ग्रहौं प्राथमिक अस्पताल वालिङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
.

समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


