स्याङ्जामा आज ३५ जना कोरोना जितेर घर जाँदै ।

स्याङ्जा :
स्याङ्जामा आज थप ३५ जना कोरोना जितेर घर जाने भएकाछन् । यो सँगै स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय ६६ पुगेको छ । एक सय ९३ जना सङक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने अन्य सङ्क्रमित जिल्लाका बिभिन्न आईसोलेशनमा रहेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
केही दिनयता, जिलामा नयाँ कोरोना सङक्रमित भेटिने क्रममा कमी आएको छ त्यस्तै विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताउनु भयो ।
स्याङ्जामा कोरोनाको अवस्था कस्तो छ हेरौं भिडियो
.
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…