सदरमुकाम चाेक विवाद : सहमति, सहकार्य र एकतालाई जीवन्त राख्न स्याङजा कांग्रेसद्धारा ध्यानाकर्षण


भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाले सहमति, सहकार्य र एकतालाई जीवन्त राख्न आग्रह गर्दे प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई बुधवार ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।
प्राकृतिक सौन्दर्यता र सांस्कृतिक बिबिधताले भरिपूर्ण हाम्रो सभ्यता र बिर पुर्खाका त्याग र बलिदानी प्राप्त राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि लामो संघर्ष पश्चात सहमति, सहकार्य र एकतामै २०७२ सालको संबिधान जारी गर्दे मुलुक अघि बढेको ज्ञापनपत्र मार्फत स्मरण गराइएको छ ।

.


नेपाली कांग्रेस स्याङजाका कावा सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित सो पत्रमा समग्र स्याङजाको बिकासका निम्ति यहाँका राजनैतिक दल, सामाजिक अभियन्ताहरुको साझा सत्प्रयासले अघि बढीरहेको अवस्थामा बिगतका परम्परा र सहमतिलाई धावा बोल्दै पुतलीबजार नगरपालिकाले सिद्धार्थ राजमार्गमै पर्ने स्याङजा सदरमुकामको मुटुमा अवस्थित ऐतिहासिक जनआन्दोलनको साझा म्यानडेटले सहिदचोक घोषणा गरेको स्थानमा कम्यूनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठको सालिक राख्ने निर्णय गर्दे पटक पटक हाम्रो पार्टी नेपाली कांग्रेस लगायत जिल्लाका अन्य सामाजिक सास्कृतिक संघसंस्थाले सहमति भंग नगर्न र सालिक नराख्न लिखित एवं मौखिक आग्रह गर्दा समेत चुनौती दिने ढंगले कार्य अगाडि बढाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
.

ज्ञापनपत्रमा, जनआन्दोलन समन्वय समितिले घोषणा गरेको सहिदचोक नामाकरणको निर्णय, तत्कालिन शान्ति समितिको निर्णय, नेपाल सरकार मन्त्री परिषद बैठकद्धरा सर्वमान्य नेता गणेशमान सिंहको सालिक स्थापाना गर्ने निर्णय एवं जिल्ला स्थित राजनितिक पार्टीका सर्वदलिय वैठकको सहमति साथै सामाजिक सांस्कृतिक संघसंस्थाले गरेका आग्रहहरुलाई पुनः स्मरण गराउदै सो स्थानमा पुष्पलाल श्रेष्ठको सालिक नराख्न उल्लेख छ । कहिं कतैवाट जबरजस्ति सालिक स्थापना गरे नेपाली कांग्रेस बिरोधमा उत्रने चेतावनी दिदै, स्थापनापछि सिर्जना गर्ने सबैखाले घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने जनाइएको छ ।

.


तसर्थ, सहिदचोकमा निर्मित टावरको फेदमा रहेको खाली ठाउँले थप आंशका बढाएकाले सबै राजनीतिक दलको सहमतिमा विवादित नहुने संरचना निर्माणका लागि प्रजिअ क्षेत्रीको अग्रसरतामा सर्वपक्षिय र सर्वदलीय बैठक राखी उपयुक्त निर्णय लिन समेत पत्र मार्फत सुझाव दिइएको छ ।
स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा निर्माण भएको टावरको फेंदमा पुष्पलालको सालिक राख्न पुतलीबजार नगरपालीका अग्रसर रहेको सुचनापछि सर्वदलीय र सर्वपक्षीय सहमतिमा मात्र उक्त स्थानको बारेमा निर्णय लिने यस अघिका प्रतिबद्वताको उल्लङ्घन नहोस् भन्दै नेपाली काँग्रेस स्याङ्जाले प्रजिअलाइ ध्यानाकर्षण सहित ज्ञापनपत्र कांग्रेस कावा सभापति रानाले बुझाएका हुन ।
ज्ञापनपत्र बुझाउन संबिधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ लगायत कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति र बिभिन्न भातृ संघसंस्थामा आवद्ध कांग्रेसजनकर्मीहरुको उल्लेख्य सहभागिता थियो ।
ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझ्दै प्रजिअ क्षेत्रीले छिटै सर्वदलिय बैठक बोलाएर छलफल गर्ने बताउनुभयो ।

.

Facebook Comments Box
TOP