अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु
प्रकाश डोटेल/स्याङ्जा :
अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको स्याङ्जा–पोखरा खण्डको सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडामा खसेको पहिरोले सिद्धार्थ राजमार्ग केहि घण्टा अवरुद्ध भएको थियो । प्रहरी र सेनाको सहयोगमा पहिरो हटाएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौ सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए । राजमार्ग एकतर्फि खुलाईएको प्रहरीले जनाएको छ । रातीको सयमा डोजर लगाएर राजमार्ग पूर्णरुपमा संचालनमा ल्याउने प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


