निरन्तरकाे बर्षाले कालीगण्डकी जल शतह बढ्याे, विश्वकै ठूलो शिला शालीग्राम डुबानमा
नारायण न्यौपाने/पाल्पा :
बिहिवार देखिको अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठूलो शिला शालीग्राम डुबानमा परेको छ । स्याङजा, पर्वत र गुल्मीको संगम स्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको शिला शालीग्राम डुबानमा परेको हो । शिला संरक्षणका लागि बनाएको तटबन्ध समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको स्थानिय रेशमराज न्यौपानेले बताउनु भयो । पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ ।
कालिगण्डकी नदि किनारमा भएको सेतिबेणी बजार समेत डुबानको उच्च जोखिममा छ । अहिले पानिको सतह कम भएको तर खतरा भने रहिरहेकाले स्थानियलाइ सुरक्षा अपनाउन भनिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो । ‘सेतिबेणी बजार भन्दा ७ कि.मि तल रहेको कालिगण्डकी जलबिद्युत परियोजनाको ड्याम साइडको बाँधको ढोका पनी खोलिएको छ’, क्षेत्रिले भन्नुभयोे, ‘ढोका नखोलेर डुबानमा परेको हो भन्ने मानिसहरुको बुझाइ छ त्यसो होइन, अहिले नदिमा पानिको सतहनै बढि छ ।’
बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । पानि पर्न थालेपछि नै डुवाउन सक्छ की भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताउनु भयो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


