निरन्तरकाे बर्षाले कालीगण्डकी जल शतह बढ्याे, विश्वकै ठूलो शिला शालीग्राम डुबानमा
नारायण न्यौपाने/पाल्पा :
बिहिवार देखिको अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठूलो शिला शालीग्राम डुबानमा परेको छ । स्याङजा, पर्वत र गुल्मीको संगम स्थल स्याङजाको गल्याङ नगरपालिका वडा नं. ५ सेतीवेणीमा रहेको शिला शालीग्राम डुबानमा परेको हो । शिला संरक्षणका लागि बनाएको तटबन्ध समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको स्थानिय रेशमराज न्यौपानेले बताउनु भयो । पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ ।
कालिगण्डकी नदि किनारमा भएको सेतिबेणी बजार समेत डुबानको उच्च जोखिममा छ । अहिले पानिको सतह कम भएको तर खतरा भने रहिरहेकाले स्थानियलाइ सुरक्षा अपनाउन भनिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो । ‘सेतिबेणी बजार भन्दा ७ कि.मि तल रहेको कालिगण्डकी जलबिद्युत परियोजनाको ड्याम साइडको बाँधको ढोका पनी खोलिएको छ’, क्षेत्रिले भन्नुभयोे, ‘ढोका नखोलेर डुबानमा परेको हो भन्ने मानिसहरुको बुझाइ छ त्यसो होइन, अहिले नदिमा पानिको सतहनै बढि छ ।’
बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । पानि पर्न थालेपछि नै डुवाउन सक्छ की भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


