आज साउनको पहिलो सोमवार देशभरका शिवालय सुनसान ।

स्याङ्जा :
आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष मन्दिरहरु सुनसानजस्तै छ । कोरोना भाइरसको जोखिमका कारण देशभरका शिवालयहरु सुनसान् भएको हो ।
सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने बताईएको छ ।
कोरोनाको जोखिम उच्च रहेकाले मन्दिरहरु खुलाउन नसकिएको कतिपय मन्दिर व्यवस्थापन समितिहरुले जनाएकाछन् ।
स्याङ्जाको छायाँछेत्र लगायतका मन्दिरहरुमा आज सुनसान रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…