श्रावण महिना र भगवान शिव


ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री) :
अहिले श्रावण महिना चलेको छ । श्रावण महिनामा  विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । धार्मिक आस्था राख्नेहरुका लागि साउन महिना विशेष महिनाको रुपमा रहने गर्छ । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । यस महिनाभरि भगवान शिवको आराधना गरि व्रत बस्ने गरिन्छ । साउन महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता रहेकाले यस महिनालाई भगवान शिबलाई खुशि पार्न व्रत बस्ने गरिन्छ ।
पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल
अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमबार व्रत बस्ने र शिवलिङ्गमा जल
चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भगवान शिवका भक्तहरूले श्रावण महिनाभर माछामासु
लसुनप्याज खादैनन् । यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ ।
यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीरलगायत दुधजन्य परिकार खाने गरिन्छ ।

.

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)

शिव हिन्दू धर्मको प्रमुख देवता हरू मध्यको एक ईश्वर को रुप हो। वेद मा शिवलाई नाम रुद्र भनिएको छ । भगवान शिव व्यक्तिको चेतनाको अन्तर्यामी हुनुन्छ । उहाँको अर्धाङ्गिनी (शक्ति )को नाम पार्वती हो । दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुनुहुन्छ भने भगवान विष्णु यो संसारको पालन कर्ता र
शिव यो संसारका संहार कर्ता हुनुन्छ । श+वि= शिव मिलेर बनेको शिवको नामको “ि” लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ,
विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ। ज्योतिष शास्त्र अनुसार सूर्य एक राशिमा झन्डै तीस दिन हाराहारी बस्दछन् । सूर्य कर्कट राशिमा पुग्दा श्रावण महिना हुने भएकाले श्रावण १ गतेलाई कर्कट सन्क्रान्ती पनि भनिन्छ । जस्तै सिह राशिको स्वामी सूर्य हुन् भने कर्कट राशिको स्वामी चन्द्रमा हुन् । चन्द्र शिवजीको शिरमा निवास गरेका छन् । यसकारण भगवान शिवलाई श्रावण महिना प्रिय छ । यसै गरि सोमबारका स्वामी पनि चन्द्र हुन् । यसैले सोमबार पनि भगवानको प्रिय बार हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ । जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने
गरिएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने
धार्मिक विश्वास रहेको छ । श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ
। हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जा  वृद्धिको प्रतिक हो ।
महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा
जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ ।

“अष्टादशपुराणेषु दशभिर्गीयते शिव:”
चतुर्भिर्भगवान् ब्राह्मा द्वाभ्यां देवी तथा हरी” – स्कन्दपुराण, केदारखण्ड
अर्थात् अठार पुराण मध्ये दस पुराणमा शिवको चरित्र र स्तुति छ,चार पुराणमा ब्राह्माको, दुई
पुराणमा देवीको र बाकी दुई पुराणमा बिष्णुको वर्णन छ । यसर्थ शास्त्रमा पनि भगवान शिव स्थान
अति बिशिस्ट ढंग बाट रहेको देखिन्छ । शिवपुराण, लिङ्गपुराण, स्कन्दपुराण लगायतपुराणहरूमा शिवको चरीत्र वर्णन गर्दै शिवनै परम आदरणीय परमेश्वर, विश्वब्राह्मणका सिद्धी र शक्तिको रूपमा स्पष्ट गरिएको छ । भगवान शिवजीको बाघको छाला, नागको माला लगाएका, हातमा त्रिशुल र डमरू लिएका, स्मसानघाटमा बस्ने, वृष अर्थात् साँडेमाथि चड्ने, विष भाङ धतुरो खाने, दिगम्बर, नन्दी भृङ्गी, शृङ्गी साथमा राख्ने खालको स्वरूप चिन्तन गरिन्छ । भगवान शिवलाई भोलेबाबा, पशुपतिनाथ, शंकर, नीलकण्ठ, महाकाल, महामृत्युन्जय, आशुतोष , सर्बेश्वर, महदेव लगाएत १००८ नामले शास्त्रमा सम्बोधन गरेको पाईन्छ । भगवान शिव विद्या र ज्ञानका देवता हुन् ।
भनिएको पनि छ ” ईशान सर्व बिद्यानाम् ” । शिव शव्दको अर्थ कल्याण हो । शिव आशुतोष
अर्थात् चाडो प्राशन्न हुने देवता पनि हुन् । वास्तवमा शिव आत्मरूप नै हुन्।
( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

Facebook Comments Box
TOP