साउनमा उपवास गर्ने हो भने यी कुरा ध्यान दिनुहोस्
साउन महिना आस्थाको दृष्टिकोणबाट धेरै पवित्र मानिन्छ । यस महिनामा धार्मिक अनुष्ठान, पुजा पाठ आदीको साथमा व्रत–उपवासलाई पनि महत्व दिइएको छ । यदि तपाइँ उपवास गर्न लाग्नु भएको छ भने यी ध्यान दिनुहोस् ।
- सोमबार वा अन्य दिन उपवास गर्ने हो भने दुई दिन अगाडीबाट भोजनमा फल र तरकारी धेरै खान शुरु गर्नुपर्छ । अझै साउन महिनाभरी उपवास गर्ने हो भने विषेश तयारी गर्नुपर्छ ।
- साउनमा उपवास बस्ने दुई तिन दिन अगाडीबाट धेरै अन्न खानुहोस् । उपवासको एक दुई दिनको पुर्व अगाडी रोटी, सलाद र तरकारी खाने र पछिल्लो समयमा फलफुलको सेवन गर्ने ।
- यदि धेरै दिन सम्म साउनको उपवास गर्ने हो भने कागती पानी पिउनु पर्छ यस्ले भोकलाई नियन्त्रणमा राख्छ ।
- निर्जल उपवास कहिल्यै पनि बस्नु हुँदैन । शरीरमा पानी नहुँदा शरीर भित्र नराम्रा चिजहरु बाहिर निस्कन पाउदैनन र शरीरमा धेरै प्रकारका रोग लाग्छन् ।
- उपवासको समयमा खाली पेट राख्नु हुन्न । बिहान दुध पिउने, दिउसोमा फलफुल र जुस पिउनुपर्छ । बेलुका चिया पिउन सकिन्छ र रातमा सलादको सेवन गर्नुपर्छ र यदि साउन महिनाकम उपवासको क्रममा केवल एकपटक भोजन गर्ने हो भने एकैपटक धेरै भोजन गर्नु हुँदैन ।
- उपवासको क्रममा मलद्वार सुख्खा हुने भएकोले त्रिफला, अमला, नास्पती र केराको सेवन गरी पेट सफा गरेर ठिक राख्नुपर्छ । उपवास गर्दा पिसाब पोल्ने, पेट पोल्ने, कब्जियत संक्रमण र पसिना आउने जस्ता समस्या उत्पन्न हुन्छ । त्यसैले पानी एकैपटक नपिएर एक–एक घन्टामा एक गिलास पानीमा कागती निचोरेर सेवन गर्नु उत्तम हुन्छ ।
- उपवास बसेको दिन बिहान र बेलुका प्राणायाम गर्नु उपयुक्त हुन्छ । शारीरीक र मानसिक रुपमा आराम गरेर प्राणायाम गर्नु ठिक हुन्छ । उपवासको समयमा मौन बस्नु सर्वोत्तम मानिन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


