स्याङ्जाका युवा श्रेष्ठको कोरोनाको कारण साउदीअरवमा ज्यान गयो ।
स्याङ्जा : साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।
साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आईतवार निधन भएको हो । उहाँ नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदीअरव पुग्नु भएको निर्देशक पंगेनीले बताउनु भयो ।
प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहनु भएका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।
प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनु भएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आउनु भएको थियो ।
श्रीमती सहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ उड्नु भएको थियो ।
श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


