स्याङ्जाका युवा श्रेष्ठको कोरोनाको कारण साउदीअरवमा ज्यान गयो ।

स्याङ्जा : साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १)का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।
साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आईतवार निधन भएको हो । उहाँ नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडि साउदीअरव पुग्नु भएको निर्देशक पंगेनीले बताउनु भयो ।
प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहनु भएका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।
प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनु भएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आउनु भएको थियो ।
श्रीमती सहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर श्रेष्ठ मात्रै साउदी तर्फ उड्नु भएको थियो ।
श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…