रियल मड्रिडले जित्यो ला लिगाकाे उपाधि, बार्सिलोना स्तब्ध
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा भिल्लारियललाई पराजित गरी जिनेदिन जिदानको टिम रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २-१ ले पराजित गरेको हो ।
जिदानको टिम रियल मड्रिडलाई लिगका अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो उपाधि जित्नका लागि । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि जितेको छ ।
रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।
अब उसले लिगको अन्तिम खेल खेल्न बाँकी छ तर सो खेलमा पराजित नै भए पनि दोस्रो स्थानको बार्सिलोनाले उछिन्नँ सक्दैन ।
बन्द रंगशालामा भएको खेलमा रियल मड्रिडले ३४ औँ पटक ला लिगाको उपाधि जितेको हो।
बार्सिलोना पराजित
लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा बार्सिलोना भने ओसासुनासँग २-१ ले पराजित भयो । घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पराजित भएको हो ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले ६२ औँ मिनेटमा गोल गरे पनि १० खेलाडीमा सीमित भएको ओसासुनासँगको हारबाट जोगाउन सकेनन् ।
लिगको एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियल मड्रिडको ८६ तथा दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


