आज असार २३ गते मंगलबार कस्तो छ समय हेर्नुहोस् राशिफल

tuesday rasifal


मेष– नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नुनै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।


वृष– बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ ।

मिथुन– कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट– खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ ।

सिंह– स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ ।

कन्या– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

तुला– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ ।

वृश्चिक– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

धनु– बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् ।

मकर– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

कुम्भ– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

मीन– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

बिशेष :

बिशेष काम गर्ने राम्रो समय बिहान 09:17 देखि दिउसो 01:52 बजे सम्म छ, यो समय चन्द्र होरा, लाभ बेला, अमृत बेला, गुरु होरा अनि अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 03:33 बजे देखि 05:16 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले राता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै काजु सक्खर वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम राम्रो छ ।

Facebook Comments Box
TOP