कस्तो छ आजको समय हेर्नुहोस् राशिफल

मेष– विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला ।
वृष– आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मिथुन– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा हुने पनि देखिन्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।
कर्कट– बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ ।
सिंह– नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ ।
कन्या– बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।
तुला– स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ ।
वृश्चिक– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ ।
धनु– अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला ।
मकर– सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ ।
कुम्भ– मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।
मीन– अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।
बिशेष
बिशेष जानकारी :
काम गर्ने राम्रो समय बिहान 05:20 देखि 06:20 बजे सम्म छ, यो समय चन्द्र होरा र अमृत बेला संग संगै पर्छन अर्को राम्रो समय दिउसो 12:20 देखि 01:20 सम्म सामान्य राम्रो छ यो चन्द्र होराको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 07:02 बजे देखि 08:44 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले सेता खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै खिर दुध वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ .
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…