भेटेरीनरी अस्पताल स्याङजाद्धारा ‘राँगो’ हस्तान्तरण

स्याङजा :
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङजाले आँधीखोला गाउँपालिका–४, बाङसीङका सुकराम नेपालीलाई शतप्रतिशत अनुदानमा उन्नत जातको राँगो हस्तान्तरण गरेको छ । लामो समयबाट रागो व्यवसाय गर्दै आएका नेपालीलाई भेटेरीनरी अस्पतालले ५५ हजार बराबरको राँगो हस्तान्तरण गरेको हो । नेपालीलाई राँगो हस्तान्तरण कार्यक्रममा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मीला पौडेलले आर्थिक पक्षमा सबल हुने बेला आएको बताउदै आर्थिक आर्जन हुने व्यवसायीहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उपाध्यक्ष पौडेलले आर्थिकले सबै काम गर्न सकिने बताउदै हरेक सफल व्यवसायबाट आर्थिक लाभ लिन सकीने बताउनु भयो । उहाँले भेटेरीनरी अस्पताल स्याङजाले उपलब्ध गराएको शतप्रतिशत अनुदानको रागो सदुपयोग गर्न नेपालीलाई आग्रह गर्नुभयो । किशोर ठाकुरको अध्यक्षतामा सम्पन्न रोगा हस्तान्तरण कार्यक्रमको संचालन कर्मचारी पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण आँधीखोला गाउँपालिकाका पशु शाखाका प्रमुख हिरामणी ढकालले गर्नुभएको थियो । नेपालीलाई हस्तान्तरण गरिएको राँगोको स्वास्थ्य र अन्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङजाले उपलब्ध गराउने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङजाका प्रमुख डा. बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । नेपालीले किसानकोमा गएर राँगो लगाए बापत पहिला १ हजार २ सय लिदै आएकोमा अब किसानहरुसँगबाट ८ सय रुपैया मात्रै संकलन गर्न पाउने भेटेरीनरी अस्पताल कार्यालयका प्रमुख ठाकुरले बताउनु भयो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…