पाल्पा-बुटवल सडक खण्ड फेरि अवरुद्ध, राति यात्रा गर्न रोक

पाल्पा – सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
हिजो एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाएको छ । पहिरोको जोखिम बढेपछि अर्को सूचना नआएसम्मका लागि बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…